News Griha :: न्यूजगृह
इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्य गान्ट्जले दिए राजीनामा

काठमाडौं— इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिएका छन्।

यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ।  गान्ट्जले आइतबार तेल अवीभमा पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन्। उनले यो निर्णय ‘भारी मनका साथ’ लिएको बताए। 

‘दुर्भाग्यवश, नेतन्याहुले हामीलाई वर्तमान संकट अन्त्य गर्न आवश्यक पर्ने साँचो विजय हासिल गर्नबाट रोकिरहेका छन्,’ गान्ट्जले भने। आगामी चुनावमा नेतान्याहुको सम्भावित प्रतिद्वन्द्वी मानिने गान्ट्जले नेतान्याहुलाई देशमा चुनावको मिति तय गर्न आह्वान गरे। 

गान्ट्जको राजीनामा लगत्तै अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गाभिरले युद्ध मन्त्रिपरिषद्मा स्थानको माग गरेका छन्।  

दक्षिणपन्थी गठबन्धनले अमेरिकी राष्ट्रपति जो बाइडेनको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेमा सरकार छोड्ने र सरकार ढाल्ने धम्की दिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १९:५३
Weather Update