सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट बिहीबार, जेठ ३१, २०८१
पहेँलो धातुलाई सुन भन्दै ठगी गर्ने २ भारतीय नागरिक पोखराबाट पक्राउ बिहीबार, जेठ ३१, २०८१ पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी छन् ।

मधेसको मुख्य न्यायाधिवक्तामा सुरेन्द्र कुमार महतो नियुक्त बिहीबार, जेठ ३१, २०८१ धनुषाको सबैला नगरपालिका–६ का महतोलाई बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ बिहीबार, जेठ ३१, २०८१ उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नै पर्ने बेला भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै उनले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए।
-1706522701.jpg)
कानुनबमोजिम भए टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन: मन्त्री शर्मा बिहीबार, जेठ ३१, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरि टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन्। बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताइन्।

सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छः सांसद प्रेम सुवाल बिहीबार, जेठ ३१, २०८१ बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै सांसद सुवालले विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको बोर्ड तत्काल खारेज गर्नुपर्ने बताएका हुन्।

बढुवा भएका चार एसएसपीको पदस्थापन, को कहाँ? बिहीबार, जेठ ३१, २०८१ एसएसपीहरू क्रमशः श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले बिहीबार बढुवाको फूली लगाएका छन्।

रूग्ण उद्योगहरू पुनःसञ्चालनको लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री बिहीबार, जेठ ३१, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन्।

कार्यालयमै मृत भेटिइन् महिला प्रहरी, आत्महत्या गरेको आशंका बिहीबार, जेठ ३१, २०८१ बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा पासो लागेको अवस्थामा उनको शव भेटिएको हो। तर, घटना प्रहरीले गुपचुप राख्न चाहेको छ।
![सङ्खुवासभामा बाढी: १ सय २५ भन्दा बढी घर विस्थापित [अपडेट]](https://newsgriha.com/uploads/posts/flood-sankhuwasabha21687061252.jpg)
सङ्खुवासभामा बाढी: १ सय २५ भन्दा बढी घर विस्थापित [अपडेट] बिहीबार, जेठ ३१, २०८१ सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ। करिब १ सय २५ भन्दा बढी घर विस्थापित भएका छन्। पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो। बुधबार राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी...

कोशी सरकार गठनविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा बिहीबार, जेठ ३१, २०८१ कोशी प्रदेश सरकार गठनविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ। आजका लागि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो, तर सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो। आज उक्त रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, डा. नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भएको थियो। यसअघि गत आइतबार सर्वोच्च...
-1718279452.jpg)
कांग्रेसप्रति ओलीको कटाक्ष– देश बनाउन सिन्को नभाच्ने, अनि उसै स्याल हुइँया गर्ने? बिहीबार, जेठ ३१, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणलाई सतहमा ल्याएर कांग्रेसले एमालेलाई बद्नाम गर्न खोजेको टिप्पणी गरेका छन्। बिहीबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैृ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पहिले पशुपतिको जलहरी र अहिले गिरीबन्धुको जग्गा प्रकरणलाई कांग्रेसले उचालिरहेको बताए।

अनलाइनबाटै बीउबिजन प्रमाणीकरण हुन थालेपछि किसानलाई सहजता बिहीबार, जेठ ३१, २०८१ अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि यहाँका बीउ उत्पादक किसानलाई सहज भएको छ।









