News Griha :: न्यूजगृह
पहेँलो धातुलाई सुन भन्दै ठगी गर्ने २ भारतीय नागरिक पोखराबाट पक्राउ 

कास्की— सुन जस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी छन् । 

उनीहरूले ५२ वर्षीय पुरूषलाई सुन जस्तो पहेँलो धातु देखाई प्रलोभनमा पारी ठगी गरेको आरोप छ।  

उनीहरूलाई ठगी गरेको नगद र पहेँलो धातुसहित पोखरा महानगरपालिका–१७ बाट पक्राउ गरेको हो। 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २०:०१
Weather Update