News Griha :: न्यूजगृह
कार्यालयमै मृत भेटिइन् महिला प्रहरी, आत्महत्या गरेको आशंका

सिरहा— जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन्।

बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा पासो लागेको अवस्थामा उनको शव भेटिएको हो। तर, घटना प्रहरीले गुपचुप राख्न चाहेको छ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले मृतक महिला प्रहरी जवान भए पनि आफू बाहिर भएको भन्दै नाम खुलाउन चाहेनन्। 

घटनापछि जिल्ला प्रहरी कार्यालय खाली गराइएको छ। सेवाग्राहीलाई 'विशेष बैठक' भन्दै कार्यालय परिसरबाट फिर्ता पठाइएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १८:२८
Weather Update