News Griha :: न्यूजगृह
बेनी–जोमसोम सडकमा सधैँ पहिरोको चुनौती
बेनी–जोमसोम सडकमा सधैँ पहिरोको चुनौती राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ।  
राष्ट्रिय परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा बढ्न थाल्यो भीड
राष्ट्रिय परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा बढ्न थाल्यो भीड सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ।  
चर्को घाममा काम गर्न बाध्य छन् मजदुर
चर्को घाममा काम गर्न बाध्य छन् मजदुर रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा थिए। बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उनले मोची (जुत्ता सिलाउने काम) विगत १५ वर्षदेखि गर्दै आइरहेका छन्। 
२ आर्थिक वर्षमा कर्णालीमा १ सय १७ किलोमिटर सडक कालोपत्र
२ आर्थिक वर्षमा कर्णालीमा १ सय १७ किलोमिटर सडक कालोपत्र कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७ दशमलव १३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ। 
शेयर बजारः परिसूचक घट्यो,  कारोबार बढ्यो   
शेयर बजारः परिसूचक घट्यो,  कारोबार बढ्यो    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा रहँदा कारोबार रकम भने बढेको छ। बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा राष्ट्रपति पौडेलले के भने? 
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा राष्ट्रपति पौडेलले के भने?  राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन्। स्वीजरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को बिहीबार उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। 
लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना 
लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना  विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई सजाय निर्धारण गरेको छ। बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले ६ वर्ष जेलसहित ८० लाख जरिवाना समेत तोकेको हो। 
कर्तव्य ज्यान मुद्दाका २ फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका २ फरार प्रतिवादी २३ वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ परेका छन्। 
मन्त्रिमण्डल हेरफेर हुन लागेको हो? यसो भन्छन् माधव नेपाल 
मन्त्रिमण्डल हेरफेर हुन लागेको हो? यसो भन्छन् माधव नेपाल  पछिल्लो दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेरको तयारी गरिरहेको चर्चा चलिरहेको छ। केही मन्त्रीहरु माओवादीकै र केही अन्य दलबाट सरकारमा सामेल मन्त्रीहरु हेरफेर हुन लागेको बताइन्छ। यसैबीच सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने आफूलाई त्यसबारेमा थाहा नभएको प्रतिक्रिया दिएका छन्। 
बन्दीपुर केबलकार आजदेखि  व्यावसायिक रुपमा सञ्चालनमा
बन्दीपुर केबलकार आजदेखि  व्यावसायिक रुपमा सञ्चालनमा पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन्। परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केबलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो।
ताप्लेजुङमा बाढीले ४ ठाउँको पुल बगायो 
ताप्लेजुङमा बाढीले ४ ठाउँको पुल बगायो  ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ। बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो।
विश्वकपका चार टोली ‘सुपर–८’ मा, नेपालसहित पाकिस्तान र इङ्ल्याण्ड ‘रेड जोन’मा
विश्वकपका चार टोली ‘सुपर–८’ मा, नेपालसहित पाकिस्तान र इङ्ल्याण्ड ‘रेड जोन’मा आईसीसी टी२० विश्वकपको समूह चरणका आधाभन्दा बढी खेल सकिंदा चार टोली ‘सुपर–८’ मा पुगेका छन् भने तीन टोली बाहिरिइसकेका छन्। बिहीबार बिहान भएको खेलमा न्युजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज ‘सुपर–८’ मा पुगेको छ। वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले १३६ रन मात्रै बनाउन सक्यो।
Weather Update