मन्त्रिमण्डल हेरफेर हुन लागेको हो? यसो भन्छन् माधव नेपाल

काठमाडौं— पछिल्लो दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेरको तयारी गरिरहेको चर्चा चलिरहेको छ।
केही मन्त्रीहरु माओवादीकै र केही अन्य दलबाट सरकारमा सामेल मन्त्रीहरु हेरफेर हुन लागेको बताइन्छ।
यसैबीच सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने आफूलाई त्यसबारेमा थाहा नभएको प्रतिक्रिया दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा नेपालले सो कुरा बताएका हुन्।
मन्त्रिमण्डल हेरफेर हुँदैछ भन्ने पत्रकारको प्रश्नमा उनले, ‘मलाई थाहा छैन, जानकारी नै छैन’ भन्ने प्रतिक्रिया दिए।
त्यस्तै उनले प्रचण्डलाई आजको भेटमा मन्त्रिमण्डल हेरफेरकोबारेमा सोध्ने बताए।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ १५:०२













