बढुवा भएका चार एसएसपीको पदस्थापन, को कहाँ?

काठमाडौं — प्रहरी प्रधान कार्यालयले बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ।
एसएसपीहरू क्रमशः श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले बिहीबार बढुवाको फूली लगाएका छन्।
अधिकारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको छ।
यस्तै दाहालको कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र गुरुङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा भएको हो।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ १८:४८













