नेपालमा प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ आइतबार, असार ९, २०८१

कामु मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी गडतौला आइतबार, असार ९, २०८१ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहितलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, परिवारका अन्य ४ गम्भीर बिरामी आइतबार, असार ९, २०८१ मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर बिरामी परेका छन्। उनीहरु एकै परिवारका व्यक्तिहरु हुन्। मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँका ५५ वर्षीय दलबहादुर चेपाङ रहेका छन्। दलबहादुरलाई आज उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

बुटवल उपमहानगरले ल्यायो ३ अर्ब हाराहारीमा बजेट आइतबार, असार ९, २०८१ बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ। आइतबार उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा २ अर्ब ९९ करोड २२ लाख रुपैंयाँको बजेट सार्वजनिक गरेकी हुन्।

कति भयो नागढुङ्गा सुरुङमार्गको काम? आइतबार, असार ९, २०८१ राष्ट्रिय योजना आयोगले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ। आज आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा अनुगमन टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको हो।

भोलिसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित आइतबार, असार ९, २०८१ प्रतिनिधि सभा बैठक सोमबार (भोलि) सम्मका लागि स्थगित गरिएको छ। विनियोजन विधेयकमाथिको छलफल नसकिएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो।

जापानमा भूकम्प आइतबार, असार ९, २०८१ जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ।

विदेशबाट फर्किएकालाई ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालनको तयारीमा सरकार आइतबार, असार ९, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताएका छन्।

कोशी सरकार गठनविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा आइतबार, असार ९, २०८१ कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री नेपाली कांग्रेसका केदार कार्कीले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ। यसअघि गत जेठ ३१ गते पनि उक्त मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। गत जेठ २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटको सुनुवाइ पूर्ण इजलासमा...
-1719147054.jpg)
‘मिस ग्राण्ड नेपाल २०२४’को घोषणा आइतबार, असार ९, २०८१ सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल २०२४’ हुने भएको छ । आयोजक उमंग क्रिएशनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘मिस ग्राण्ड नेपाल २०२४’को औपचारिक घोषणा गरेको हो। यस पटकको मिस ग्राण्ड नेपाल ‘ब्रेभ, बोल्ड, ब्यूटिफुल’ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ।
-1714474494.jpg)
गोठमा लुकाइएको ६ सय १५ किलो गाँजासहित एक जना पक्राउ आइतबार, असार ९, २०८१ प्रहरीले ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका(६ घर भएका ४६ वर्षीय कुमार पाख्रिन रहेका छन्।

शिक्षामन्त्रीको गुनासो– बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रम ल्याउन पाइएन आइतबार, असार ९, २०८१ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट विनियोजन नभएको बताएकी छिन्।
![अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार- मुख्य सचिवसहित १२ जनाविरुद्ध मुद्दा, भएको के थियो? [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/ciaa-akhtiyar1680162076.jpg)
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार- मुख्य सचिवसहित १२ जनाविरुद्ध मुद्दा, भएको के थियो? [पूर्णपाठ] आइतबार, असार ९, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाईमा अनियमिता गरेको आरोपमा ११ व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। आइतबार अख्तियारले दायर गरेको मुद्दाको प्रतिवादी बहालवाला मुख्यसचिव डा. बैकुण्ड अर्याल समेत रहेका छन्। ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो माग गरिएको प्रकरणमा...









