News Griha :: न्यूजगृह
‘मिस ग्राण्ड नेपाल २०२४’को घोषणा

काठमाडौं— सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल २०२४’ हुने भएको छ । 

आयोजक उमंग क्रिएशनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘मिस ग्राण्ड नेपाल २०२४’को औपचारिक घोषणा गरेको हो। 
यस पटकको मिस ग्राण्ड नेपाल ‘ब्रेभ, बोल्ड, ब्यूटिफुल’ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ। 

सहभागी हुन चाहनेले यही असार मसान्त (असार ३१ गते)सम्म आयोजकले निर्धारण गरेका नियम तथा सर्तहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने आयोजकले जानकारी दिएको छ। 

प्रतियोगितामा १८ वर्षदेखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्नेछन्। आवेदकहरुको उचाइ कम्तिमा पाँच फिट तीन इन्च हुुनुपर्ने आयोजकले जनाएको छ। 

यस वर्षको मिस ग्राण्ड नेपालको फिनाले अगामी अगष्ट २४(भदौ ११ गते) हुने बताइएको छ। त्यसअघि साउन २३ गते पत्रकार सम्मेलनको आयोजना गर्दै क्राउन अनभिलिङ गर्ने बताइएको छ। 

प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ। प्रतियोगिताका विजेताले मिस ग्राण्ड इनटरनेसनलमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:३५
Weather Update