News Griha :: न्यूजगृह
नेपालमा प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ

सर्लाही— लालबन्दी नगरपालिका–२ बाट नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय नोटसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–४ बस्ने ३० वर्षीय सागर पाख्रिन छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ७१ हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ना ३८ प ४०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिन पक्राउ परेका हुन्। उनको साथबाट ५ सय दरका १ सय ४२ थान उक्त भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।   

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २०:५५
Weather Update