सेनाको भर्ना तथा सरुवा बढुवामा कुनै किसिमको भेदभाव छैनः रक्षामन्त्री उप्रेती आइतबार, असार ९, २०८१

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु आइतबार, असार ९, २०८१ करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो। उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो...

बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने आइतबार, असार ९, २०८१ बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ। धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो।

१९ वर्षीय युवती बलात्कृत, भारतीय नागरिक पक्राउ आइतबार, असार ९, २०८१ काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरी प्रक्राउ गरेको छ। १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने आइतबार, असार ९, २०८१ काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ।
-1717312158.jpg)
प्रधानमन्त्रीप्रति गगनको कटाक्षः नटेर्ने मन्त्री फेर्ने, त्यो नसके आफैँ बालुवाटारबाट सर्ने आइतबार, असार ९, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई केन्द्र सरकारले दिएको समानीकरण अनुदान काट्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले केन्द्र सरकारले स्थानीय तहलाई बकस दिएजस्तो अनुदानमा मनलाग्दी गर्न लागेको बताए। त्यस्तै वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलगाउने अनि अहिले स्रोत छैन भनेर...

मुगुमा बढ्दै मानवअधिकार उल्लंघनका घटना आइतबार, असार ९, २०८१ मुगुमा ६ महिनाको अवधिमा १२ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्। आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका जिल्लाका विवरणमाथि गरिएको अर्धवार्षिक समीक्षामा मुगुमा २०८० मंसिर ३१ गते देखि २०८१ जेठ १९ गतेसम्म १२ ओटा घटनाका उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले जानकारी गराए।...

टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा चलाउने तयारीमा अख्तियार आइतबार, असार ९, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ‘हाइप्रोफाइल’ व्यक्तिहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। अर्याल सञ्चार सचिव हुँदा टेरामक्स खरिदमा उनले गरेको निर्णयले राज्यलाई हानी पुगेको भन्दै उनीविरुद्ध मुद्दा चलाउने तयारी अख्तियारले गरेको हो। त्यसमा अन्य हाइप्रोफाइल व्यक्तिहरु समेत पर्न सक्ने अख्तियार...
-1714390029.jpg)
घण्टाघरको घण्टी बज्न छाडेकोमा सांसदको चिन्ता आइतबार, असार ९, २०८१ काठमाडौंको ऐतिहासिक घण्टाघरको मर्मत गर्ने विषयमा संसद्मा आवाज उठेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् असिम साहले ऐतिहासिक धरोहरको रुपमा रहेको घण्टाघरको घण्टी बज्न छाडेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

मनसुनमा सुनसान मनाङ आइतबार, असार ९, २०८१ पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ। जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने गरेका छन्।
-1717655237.jpg)
गृहमन्त्रीलाई कांग्रेसको प्रश्नः ‘लोकेसन’ पत्ता लागिसकेपछि पनि जीबी राईलाई पक्रन केले रोक्यो? आइतबार, असार ९, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेर ल्याउन के कुराले रोकेको भन्दै प्रश्न गरेका छन्। आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सो प्रश्न गरेका हुन्। यसअघि बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका...
-1719125007.jpg)
संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभा बैठकमा ढिलाइ आइतबार, असार ९, २०८१ विभिन्न ११ बुँदे मागसहित आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण प्रतिनिधि सभा बैठक प्रभावित भएको छ। आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो। तर असन्तुष्ट कर्मचारीहरुले प्रतिनिधि सभा भवन बाहिर विरोध प्रदर्शन गरेपछि बैठक प्रभावित भएको हो। उनीहरुले संसद् भवन अघि आफूहरुको माग सम्बोधन गर्न टाउकोमा...

नदी सफाइ अभियानमा काठमाडौं महानगर आइतबार, असार ९, २०८१ काठमाडौं महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ। वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ। सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन्।


-1719132951.jpg)






