रौतहटको ईशनाथ नगरपालिकाले ल्यायो ५१ करोडको बजेट आइतबार, असार ९, २०८१
-1719123145.jpg)
लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री आइतबार, असार ९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्।आइतबार जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आदिवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन्।

अवरूद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी खुल्यो आइतबार, असार ९, २०८१ सडकमाथिबाट लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ।आइतबार बिहानदेखि अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईँले जानकारी दिए।

गण्डकी प्रदेशका निलम्बित सांसद देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा आइतबार, असार ९, २०८१ गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी तोकिएको छ।देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए।

साताको पहिलो कारोबार दिन तोलामा २७ सयले सस्तियो सुन आइतबार, असार ९, २०८१ साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सङ्घीय संसद्का कर्मचारीको माग बारे कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन आइतबार, असार ९, २०८१ सङ्घीय संसद् सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ।

कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी सुरुवात आइतबार, असार ९, २०८१ आइतबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले इक्वेडरमाथि कमब्याक जित हासिल गरेको हो । भेनेजुएलाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । १-० ले पछि परेको भेनेजुएलाका लागि झोंडर काडिज र एडुआर्ड बेल्लोले एक एक गोल गरेका थिए । त्यसअघि इक्वेडरका लागि जेरेमी सार्मिमेन्टोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित आइतबार, असार ९, २०८१ अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ। जारी टी२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ। यो टी२० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरको पहिलो पटक हो।

लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन आइतबार, असार ९, २०८१ जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन्।

‘नेपाल आइडल–५’ को उपाधि बर्दियाका करणलाई आइतबार, असार ९, २०८१ प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन्। विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे।

अलपत्र बुद्धको मूर्ति आइतबार, असार ९, २०८१

माओवादी संसदीय दलको बैठक बस्दै आइतबार, असार ९, २०८१ सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ।प्रतिनिधिसभा बैठक साढे १० बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो।










