-1713955690.jpg)
फणीन्द्र देवकोटाको रिटमा सकिएन बहस, आज ‘हेर्दाहेर्दै’ मा राखियो आइतबार, असार ९, २०८१ मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि कारबाहीमा परेका गण्डकी प्रदेशका फणीन्द्र देवकोटाले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा परेको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर धेरै कानुन व्यवसायीहरुले बहस गर्नुपर्ने भएकाले सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।
-1719142437.jpg)
मधेस प्रदेशका सांसदहरुमा मोबाइल मोह, बैठकमै ‘गेम’ खेलेपछि सभामुखको रुलिङ आइतबार, असार ९, २०८१ मधेस प्रदेश सभाका सदस्यहरुमा मोबाइल मोह देखिएको छ। प्रदेश सभा बैठक चलिरहेको अवस्थामा मोबाइल चलाएपछि सभामुखले रुलिङ नै गर्नुपर्ने अवस्था आएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा बनेको विधेयकबारे छलफलको कार्यसूची रहेको थियो।

अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिएन सिमकोट, स्थानीयलाई सास्ती आइतबार, असार ९, २०८१ जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन।

‘बेनीको बजार, जता माया उतै छ नजर’ नयाँ स्वरुपमा आउँदै आइतबार, असार ९, २०८१ बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडिओलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ। जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडिओ तयार गर्न लागिएको हो।

अछामको छाउपडी घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई निर्देशन आइतबार, असार ९, २०८१ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्। अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए।

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, असार ९, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आइतबार दिउँसो अख्तियारले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद गर्ने निर्णयलाई लिएर अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। लामो अनुसन्धानपछि अख्तियारले अर्याल तत्कालीन सञ्चार सचिव रहँदा पदको दुरुपयोग गरी राष्ट्रलाई हानी पुर्याएको निष्कर्षमा अख्तियार पुगेको हो।
![दक्षिण कोरियाका राजदूत सिफारिस सुशील प्याकुरेलले गरे पद अस्वीकार [पत्रसहित]](https://newsgriha.com/uploads/posts/sushil-pyakurel-d-(1)-1719138123.jpg)
दक्षिण कोरियाका राजदूत सिफारिस सुशील प्याकुरेलले गरे पद अस्वीकार [पत्रसहित] आइतबार, असार ९, २०८१ दक्षिण कोरियाका लागि नेपाली राजदूतका रुपमा सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भागबण्डाका आधारमा विभिन्न देशका राजदूत सिफारिस गरेको थियो। त्यसमध्ये प्याकुरेलको नाम पनि सिफारिस भएको थियो। तर प्याकुरेलले भने आफूले उक्त पद अस्वीकार गरेको भन्दै विज्ञप्ति जारी गरेका हुन्।
-1719137154.jpg)
चट्टान आरोहणको केन्द्र बन्दै चुनपहरा आइतबार, असार ९, २०८१ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै गएको छ। यहाँ पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउने गरिन्छ।

भारतमा विषाक्त मदिरा सेवनबाट ५३ जनाको मृत्यु आइतबार, असार ९, २०८१ भारतमा विषाक्त मदिराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ। तमिलनाडु राज्यका मुख्यमन्त्री थिरु एम. के स्टालिनले मङ्गलबार मदिरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका थिए।
भोजपुरको बैकुण्ठेमा बल्ल पुग्यो बिजुली आइतबार, असार ९, २०८१ विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ बैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ। भौगोलिक रुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो।
-1719134508.jpg)
सांसदहरुलाई मन्त्री श्रेष्ठको आश्वासन– हामी राष्ट्रले गौरव गर्न लायक स्टेडियम बनाउदैछौँ आइतबार, असार ९, २०८१ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यसपालीको बजेटमा खेल क्षेत्रका लागि ठूला योजना रहेका कारण साना योजनामा ध्यान नदिइएको स्पष्ट पारेका छन्। विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै आइतबारको प्रतिनिधि सभा बैठकमा मन्त्री श्रेष्ठले प्रत्येक सांसदको निर्वाचन क्षेत्रमा बजेट पुर्याउन नसकिएको स्पष्ट पारे।

क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित आइतबार, असार ९, २०८१ क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपूर्ण सडक प्रदर्शन गरेका छन्।


-1719123145.jpg)






