असार २१ देखि अनिवार्य अवकाशमा जान लागेका डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस सोमबार, असार १०, २०८१

दशरथचन्द नगरपालिकाले गाडी मर्मत र इन्धनमै सक्यो आधा करोड, एउटालाई दिनुपर्ने भुक्तानीमा अर्कैको बिल सोमबार, असार १०, २०८१ बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोडभन्दा बढी खर्च गरेको पाइएको छ। नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी खर्च गरेको पाइएको हो। सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसो नगरेको पाइएको छ। मापदण्ड बिनै मनलाग्दी रुपमा ५२ लाख ३२ हजार रुपैयाँ...

स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर सोमबार, असार १०, २०८१ खेलको ८० मिनेटपछिको खेलमा दुवै खेलाडी ठोक्किएपछि भार्गा घाइते भएका थिए। उनलाई खेल केहि बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो। उनलाई खेलाडीहरूले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो। हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर रहेको र खतरामुक्त रहेको बताएको छ।

कोपामा अमेरिकाको विजयी सुरुवात सोमबार, असार १०, २०८१ समूह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
![युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र दिनारको घट्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र दिनारको घट्यो [सूचीसहित] सोमबार, असार १०, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो र पाउन्डको मूल्य बढेको छ। त्यसैगरी आज अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

रुसको दागिस्तानमा आतंकवादी आक्रमण, पादरीसहित ९ जनाको मृत्यु सोमबार, असार १०, २०८१ सको दागिस्तानमा आतंकवादी समूहले दुई चर्च, एक प्रार्थनालयमा र एक प्रहरी पोस्टमा गरेको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ।एक पादरी, ६ प्रहरी र दुई सर्वसाधारणको ज्यान गएको सञ्चारमाध्यमले जनाएको छ।

जर्मनी र स्विट्जरल्याण्ड युरोकपको नकआउट चरणमा, स्कटल्याण्ड बाहिरियो सोमबार, असार १०, २०८१ जर्मनी र स्विट्जरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्। गएराति सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै जर्मनी र स्विट्जरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असार १०, २०८१ संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

चिनियाँ उपविदेशमन्त्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै सोमबार, असार १०, २०८१ चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्।भ्रमणका क्रममा उनी मङ्गलबार काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, मंगलबार धेरै वर्षा हुने सोमबार, असार १०, २०८१ देशका केही भूभागमा आगामी तीन दिन वर्षा हुनेछ । कोशीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...

अमेरिकामाथि १० विकेटको जित निकाल्दै इङ्ग्ल्याण्ड सेमिफाइनलमा सोमबार, असार १०, २०८१ अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इङ्ग्ल्याण्ड आईसीसी टी२० विश्वकपको सुपर–८ बाट सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने पहिलो टिम बनेको छ।आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इङ्ग्ल्याण्डले ९.४ ओभरमै विकेट नगुमाई भेटाएर अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो।

भीर मौरीको टोकाइबाट १३ घाइते सोमबार, असार १०, २०८१ भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। मौरीको टोकाइबाट भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्।

कर्मचारी सरुवा रोकियो आइतबार, असार ९, २०८१ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी कर्मचारी सरुवा सम्बन्धी ‘मापदण्ड तयारी कार्य गर्नु पर्ने भएकोले’ हाललाई स्थगित गरिएको जनाएको छ।









