News Griha :: न्यूजगृह
स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं— जारी युरोकपमा हंगेरीका फरवार्ड बर्नाबास भार्गा स्कटल्याण्डका गोलकिपर एनगस गनसँग ठोक्किएपछि घाइते भएका छन्।

खेलको ८० मिनेटपछिको खेलमा दुवै खेलाडी ठोक्किएपछि भार्गा घाइते भएका थिए। उनलाई खेल केहि बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो। उनलाई खेलाडीहरूले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो। हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर रहेको र खतरामुक्त रहेको बताएको छ।

त्यस्तै हंगेरीका प्रशिक्षक  मारको रोजीले उनी खतरामुक्त रहेको र उनको अनुहारमा फ्याक्चर रहेको बताएका छन्। यस घटनापछि उनी युरोकपबाट भने बाहिर भएका छन्।   

यस खेलमा हंगेरीले स्कटल्याण्डलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेर नकआउट चरणको दौडमा कायम राखेको छ। समूह ए मा तस्रो रहेको हंगेरी ६ समूहका तेस्रो स्थानमा रहेका शीर्ष चारमा परेमा नक आउट  चरणमा छनौट हुने छ।
 

   

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०८:२५
Weather Update