News Griha :: न्यूजगृह
असार २१ देखि अनिवार्य अवकाशमा जान लागेका डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं— प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले रिक्त रहेको एआईजी पदमा डीआईजी पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।  उनी असार २१ मा अनिवार्य अवकाशमा जाँदैछन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी महानिरीक्षक एवं बढुवा समितिका सदस्यसचिव बसन्तबहादुर कुँवरले जानकारी गराएका छन्।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार डीआईजी पोखरेललाई एआईजी पदमा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०८:५९
Weather Update