गैरकानुनी रुपमा कुवेत पुर्याइने महिलाको संख्या बढ्दै, सरकारको ध्यानाकर्षण सोमबार, असार १०, २०८१
-1719218685.jpg)
पीडितको आन्दोलनमा पुगेर चित्रबहादुर केसीले भने– सहकारी ठगसँग सरकारको साँठगाँठ छ सोमबार, असार १०, २०८१ राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएको छ। सोमबार माइतीघर मण्डलतामा पुगेर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लाखौं बचतकर्ताको अबौँ रकम अपचलन गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएका हुन्। त्यहाँ पुगेर उनले भने, ‘मैले यो आन्दोलनमा एक्येबद्धता जनाउन चाहान्छु। सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ...

ढुङ्गेधारा छ, छैन पानी सोमबार, असार १०, २०८१ भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ। उमेरले ७५ नाघेकी राजमाया भन्छिन्, ‘धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो। धारामै थापेर पिउँथ्यौँ। अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन। त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न...

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ सोमबार, असार १०, २०८१ सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत रहेका छन्।
-1719216086.jpg)
संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्न वार्ता हुँदै सोमबार, असार १०, २०८१ विभिन्न ११ बुँदे माग राखेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधनबारे सरकारले वार्ता थालेको छ। अहिले संघीय संसद् भवन नयाँ बानेश्वरस्थित एक हलमा कानुनमन्त्री पदम गिरीसहित आन्दोलनरत कर्मचारीका प्रतिनिधिबीच छलफल चलिरहेको छ। २० दिनदेखि अतिरिक्त समयको भत्ता नदिइएको लगायत विभिन्न माग राखेर कर्मचारीहरु आन्दोलनमा रहेका छन्। उनीहरुको आन्दोलनका कारण...

भरतपुर महानगरले ल्यायो साढे ६ अर्ब बढीको बजेट सोमबार, असार १०, २०८१ चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ। सोमबार हानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन्।

चित्लाङमा दूध दिने बाख्राको व्यवसायीक पालन गरिँदै सोमबार, असार १०, २०८१ दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ। अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन्। बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध...

बिहीबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने सोमबार, असार १०, २०८१ यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ।

काठमाडौं आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ सोमबार, असार १०, २०८१ जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे।
-1717673188.jpg)
स्थानीय तहलाई १७ अर्ब वित्तीय समानीकरण अनुदान पठाउने सरकारको निर्णय सोमबार, असार १०, २०८१ सरकारले स्थानीय तहलाई दिन बाँकी वित्तीय समानीकरण अनुदान बापतको रकम पठाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि घोषणा भएकोमध्ये पठाउन बाँकी समानीकरण अनुदान पठाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी उक्त रकम पठाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी...

मेलम्चीको पानी आजदेखि बन्द सोमबार, असार १०, २०८१ गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा पानी बन्द गरिएको थिएन। यसैगरी समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो। नदीमा पानीको बहाव नबढेपछि आयोजना सञ्चालन गरिएको लामिछानेले बताए। उनका अनुसार परामर्शदाता तथा एसियाली विकास बैङ्क (एडीबी) ले मनसुनी जोखिमबाट आयोजनालाई...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? सोमबार, असार १०, २०८१ साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
-1719210055.jpg)
रौतहटबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ सोमबार, असार १०, २०८१ सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराति एकजना भारतीय नागरिकलाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत बिहार सीतामढीका २१ वर्षीय राहुल राम छन्।









