सांसदहरुलाई गृहमन्त्रीको जवाफ– गिरीबन्धु टी–स्टेटबारे प्रहरीले उजुरी कुरेर बसेको छ सोमबार, असार १०, २०८१

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैनः गभर्नर अधिकारी सोमबार, असार १०, २०८१ नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरु अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन्।
-1713955690.jpg)
कोशी सरकार गठनविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, असार १०, २०८१ कोशी सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। यसअघि हिजो पनि पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको थियो। तर सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्र्दै’ मा राखिएकोमा आज टुंगो लाग्ने अपेक्षा राखिए पनि आज पनि टुंगो लाग्न नसकेको हो।

बालयौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर सोमबार, असार १०, २०८१ आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो। तर उनको कसुर निर्धारण भने आगामी असार १७ गते मात्रै हुनेछ।
-1717758427.jpg)
सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने सोमबार, असार १०, २०८१ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताएका छन्।
-1719233300.jpg)
ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड सोमबार, असार १०, २०८१ ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ।ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१–८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, असार १०, २०८१ आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ। सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहनेगरी सञ्जिबकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मलेनमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त...

डोटी बडिकेदारकी निरुताले पाइन् कृतिम खुट्टा सोमबार, असार १०, २०८१ डोटी बडिकेदार गाउँपालिका–५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाएकी छिन्। केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उनको देब्रे खुट्टा भाँचिएको थियो। उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै आएकी थिइन्।

सांसदहरुका १२ प्रश्नमा यस्तो छ अर्थमन्त्री पुनको जवाफ सोमबार, असार १०, २०८१ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन्।

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट सोमबार, असार १०, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरे। उनले आगामी दिनमा नेपालले सन्...

बाँसको मुङ्ग्रो प्रहार गरि बहिनीको हत्या गर्ने दाई पक्राउ सोमबार, असार १०, २०८१ आफ्नै बहिनीको हत्या गरेको आरोपमा प्रहरीले दाईलाई पक्राउ गरेको छ। जिल्लाको परोहा नगरपालिका–८ की २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै दाई नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
-1719216086.jpg)
संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न ७ बुँदे सहमति सोमबार, असार १०, २०८१ आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको मागबारे सरकारले लचकता देखाएको छ। उनीहरुको मागलाई सम्बोधन गर्नका कर्मचारी पक्ष र गठित वार्ता समितिबीच ७ बुँदे सहमति भएको हो। सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता ७ बुँदे सहमति भएको हो।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोड बढीको बजेट सोमबार, असार १०, २०८१ काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि २५ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ। आज बसेको महानगरपालिकाको १५आँै अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्। उनले आगामी आर्थिक वर्षका लागि २५ अर्ब, ७० करोड, ६३ लाख, २५ हजार बराबरको बजेट प्रस्तुत...


-1719237456.jpg)






