News Griha :: न्यूजगृह
अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैनः गभर्नर अधिकारी 

काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरु अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन्। 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफू बिग्रिएर गाली अरुलाई गर्न नहुने बताएका हुन्। 

उनले भने, ‘देशभित्र राम्रो अवसर छ। तर आ–आफ्नो व्यवसाय गर्दा स्वमूल्यांकन चाँहि गर्नुपर्छ। व्यवसायलाई पनि आधुनिकीकरण गर्नु आवश्यक छ।

नयाँ प्रविधि र नयाँ मेकानिजमका आधारमा गर्न आवश्यक छ। हाम्रो व्यवसाय पुरानै ढर्रामा चलेका छन्। ग्राहकलाई घरमै सामान पुर्याइदिने संस्कृति विकास हुँदैछ। होइन, मेरो त पसलमै ग्राहक आएर खाइदेला भन्यो भने हुदैन। आफ्नो व्यवसायका मोडेल आफूले तयार गर्नुपर्दछ। आफू बिग्रिने गाली अरुलाई गरेर हुन्छ त?’

राष्ट्र बैंक व्यापार व्यवसाय गर्नका लागि वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबै व्यवसायीहरुले आफ्नो व्यवसायको गुणस्तर बढाउँदै लैजानुपर्ने बताए। 

साउनको पहिलो हप्तामै मौद्रिक नीति ल्याउने दाबी गरेका अधिकारीले आवश्यक सुझावहरु संकलन गरिरहेको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:२८
Weather Update