राष्ट्रियसभामा तिलगङ्गा विधेयक पेस सोमबार, असार १०, २०८१

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान सोमबार, असार १०, २०८१ प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा नियुक्त भएका अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

पौवादुङमामा कृषि प्राथमिकतामा, किसानलाई गाई वितरण गरिने सोमबार, असार १०, २०८१ जिल्लाको पौवादुङमा गाउँपालिकाले किसानलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले दुई सय उन्नत जातका गाईका बाच्छी वितरण गर्ने भएको छ। गाउँपालिकाले १५औँ गाउँसभामा आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको हो।
-1714642273.jpg)
एकसिङ्गे गैँडाको खाग तस्करी गर्ने ९ जनाविरुद्ध मुद्दा दायर सोमबार, असार १०, २०८१ चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ। निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।
-1716722014.jpg)
कांग्रेसमाथि लागेका दागहरु सफा गर्न आवश्यक छः महामन्त्री थापा सोमबार, असार १०, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक रहेको बताएका छन्।
-1719225798.jpg)
दक्षिण कोरियामा ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० जनाको मृत्यु सोमबार, असार १०, २०८१ दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी २० जना बढी कामदारको मृत्यु भएको छ। आगलागी नियन्त्रकहरुका अनुसार घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको हो।

नेपालगञ्ज उपमहानगरको बजेट साढे १ अर्ब सोमबार, असार १०, २०८१ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ।

बालेनप्रति खनिए नगरसभा सदस्यहरु सोमबार, असार १०, २०८१ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति नगरसभा सदस्यहरुले कटाक्ष गरेका छन्। महानगरको जारी १५औँ नगरसभा अन्तर्गत सोमबारको बैठकमा नगरसभा सदस्य (कार्यपालिका सदस्य) हरुले कटाक्ष गरेका हुन्। नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयर बालेनले केही समय अघि सिंहदरबार जलाउँछु भनेको विषयलाई लिएर आक्रोश व्यक्त गरिन्। उनले आफ्नो व्यक्तिगत रिसइबीले सिंहदरबार...

शेयर बजारमा सामान्य सुधार, ५ अर्ब बढी कारोबार सोमबार, असार १०, २०८१ शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को बिन्दुमा कायम भएको छ। आज तीन सय २२ कम्पनीको एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर ६६ हजार पाँच सय १९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब सात...
![गण्डकीः फणीन्द्रको पक्षमा फैसला, कारबाही कार्यान्वयन नगर्न आदेश [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/fadindra-devkota-gandaki-1718037241.jpg)
गण्डकीः फणीन्द्रको पक्षमा फैसला, कारबाही कार्यान्वयन नगर्न आदेश [पूर्णपाठ] सोमबार, असार १०, २०८१ मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादीको कारबाहीमा परेका गण्डकी प्रदेशका फणीन्द्र देवकोटाको पक्षमा फैसला आएको छ। सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले देवकोटालाई कारबाही गर्ने निर्णयमा कारण देखाउ आदेश दिँदै अन्तरिम आदेश दिएका हुन्। साथै उनलाई गरिएको कारबाही कार्यान्वयन नगर्न समेत आदेश दिइएको छ।
-1719221991.jpg)
बाराको जीतपुरसिमराको नगरसभामा लफडा, कुर्सी तोडफोड सोमबार, असार १०, २०८१ बाराको जीतपुरसिमरा उपमहानगरपालिको नगरसभा बैठकमा झडप भएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि बैठक बोलाइएको थियो। तर नेकपा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) लगायत दलबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि झडपको स्थिती सिर्जना भएको हो।
![विराटनगर महानगरको बजेट ३ अर्ब ४९ करोड, प्राथमिकतामा के–के परे? [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/biratnagar-mahanagarpalika-(1)-1719221119.jpg)
विराटनगर महानगरको बजेट ३ अर्ब ४९ करोड, प्राथमिकतामा के–के परे? [पूर्णपाठ] सोमबार, असार १०, २०८१ विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार महानगरको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्।

माथिल्लो त्रिशूली–१ निर्माणको काम कति सकियो? सोमबार, असार १०, २०८१ यहाँको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ। आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो। यो दुई सय १६ मेगावाट क्षमताको छ। सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।









