News Griha :: न्यूजगृह
विराटनगर महानगरको बजेट ३ अर्ब ४९ करोड, प्राथमिकतामा के–के परे? [पूर्णपाठ]

काठमाडौं— विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। 

सोमबार महानगरको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्। 

विराटनगर महानगरले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा र विकासदेखि  कृषि क्षेत्रको विकासम्म, शैक्षिक मुद्दादेखि महानगर सरसफाइ योजनामा बहुसंख्यक पुरानै कार्यक्रम र नारालाई निरन्तरता दिएको छ। 

त्यस्तै महानगरले आगामी वर्ष पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको छ।  यसअघि पनि स्वास्थ्य क्षेत्रलाई नै निरन्तरता दिएको महानगरले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु भने पूरानै राखिएको छ। 

उपप्रमुख कार्कीले ५९ करोड कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि विनियोजित गरिएको जानकारी गराएकी छिन्। त्यस्तै ऋणको सावाँब्याज भुक्तानीमा ५ करोड, चालू आवको चालू खर्चतर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन्।

साथै अहिले महानगरको बेरुजु घट्दै गएको बताइएको छ।

आर्थिक वर्ष  ०७८–०७९ सम्मको जम्मा बेरुजु ६७ करोड ९ लाख ७२ हजार बाँकी  रहेकोमा यो वर्ष २३ करोड ८३ लाख फरछयौट भएको छ। त्यस्तै  गत विगतसम्मको जम्मा बाँकी  बेरुजु  ४३ करोड ९ लाख ७२ हजार कायम भएको र २०७९–०८० को अन्तिम लेखा परीक्षणबाट ७ करोड ११ लाख ५३ हजार अर्थात् १–०३ प्रतिशत बेरुजु  कायम भई  मोरङकै सबैभन्दा कम बेरुजु  भएको पालिका भएको महानगरले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:१०
Weather Update