News Griha :: न्यूजगृह
बाराको जीतपुरसिमराको नगरसभामा लफडा, कुर्सी तोडफोड 

काठमाडौं— बाराको जीतपुरसिमरा उपमहानगरपालिको नगरसभा बैठकमा झडप भएको छ। 

सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि बैठक बोलाइएको थियो। तर नेकपा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) लगायत दलबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि झडपको स्थिती सिर्जना भएको हो।  

आज बिहानैदेखि एमाले, कांग्रेस र लोसपा निकट वडाध्यक्षहरुले अवरोध गर्ने तयारी गरिरहेका थिए। नगरसभा हलमा जीतपुर सिमराका नगरप्रमुख राजन पौडेल प्रवेश गर्नासाथ उनीहरुले हुलदङ्गा गरेका गरेका हुन्। उनीहरुले त्यहाँ रहेका कुर्सी, सोफा र मञ्च समेत तोडफोड गरेपछि नगरसभा स्थगित भएको छ। प्रमुख पौडेललाई नगरप्रहरीहरुले पहरा दिएर हलबाट बाहिर निकालेका थिए। 

पौडेल गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। त्यसो त यसअघि पनि एमाले, माओवादी, लोसपा र एकीकृत समाजवादीले नगरसभा बैठक बहिस्कार गर्दै आइरहेका थिए। यसअघि पनि नगरसभा बैठक बोलाइएकोमा अन्य दलका जनप्रतिनिधिहरुको असहयोगका कारण स्थगित भएको थियो। 

झडपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:२४
Weather Update