News Griha :: न्यूजगृह
भरतपुर महानगरले ल्यायो साढे ६ अर्ब बढीको बजेट

काठमाडौं— चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ। 

सोमबार हानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन्।  

यो बजेट चालू आर्थिक वर्षको बजेट भन्दा २४ करोड भन्दा बढी हो। अधिकारीका अनुसार चालु आर्थिक वर्ष भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढीको बजेट आगामी आर्थिक वर्षका लागि ल्याइएको हो। 

त्यस्तै कुल बजेटमा १ अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको छ भने अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार हुने प्रक्षेपण गरिएको छ। 
 
त्यस्तै संघ राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७  हजार, जनसहभागिता तथा श्रमदानबाट ५० करोड, बैङ्क मौज्दात १ अर्ब ६० करोड,  सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए। 

त्यसैगरी सामाजिक सुरक्षालगायत अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको छ। 

त्यसैगरी चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको अधिकारीले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:३३
Weather Update