News Griha :: न्यूजगृह
कोपामा अमेरिकाको विजयी सुरुवात 

काठमाडौं— अमेरिकाले जारी कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ।

समूह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक–एक गोल गरेका थिए।

यो जितपछि समूह सी मा अमेरिकाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। अब अमेरिकाले अर्को खेल जुन २८ मा पानामासँग खेल्ने तालिका रहेको छ भने बोलिभियाले उरुग्वेसँग सोही दिन खेल्नेछ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०८:००
Weather Update