News Griha :: न्यूजगृह
रुसको दागिस्तानमा आतंकवादी आक्रमण, पादरीसहित ९ जनाको मृत्यु

काठमाडौं— रुसको दागिस्तानमा आतंकवादी समूहले दुई चर्च, एक प्रार्थनालयमा र एक प्रहरी पोस्टमा गरेको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

एक पादरी, ६ प्रहरी र दुई सर्वसाधारणको ज्यान गएको बीबीसीले जनाएको छ।

आक्रमणमा १२ घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। हताहत हुनेको सङ्ख्याबारे फरकफरक तथ्यांक सार्वजनिक भएका छन्।

रुसको नेशनल एन्टी टेरोरिजम कमिटीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ। तर कसको संलग्नता छ भन्नेबारे भने स्पष्ट पारिएको छैन। यो घटनामा संलग्न ६ जना मारिएको जनाइएको छ।

आक्रमणकारीले एक चर्चमा आगजनीसमेत गरेका थिए।

बीबीसीबाट अनुवादित

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०७:३०
Weather Update