-1719134508.jpg)
काठमाडौं— युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यसपालीको बजेटमा खेल क्षेत्रका लागि ठूला योजना रहेका कारण साना योजनामा ध्यान नदिइएको स्पष्ट पारेका छन्।
विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै आइतबारको प्रतिनिधि सभा बैठकमा मन्त्री श्रेष्ठले प्रत्येक सांसदको निर्वाचन क्षेत्रमा बजेट पुर्याउन नसकिएको स्पष्ट पारे।
उनले पछिल्ला दिनहरुमा क्रिकेटले राम्रो प्रगति गरिरहेको बताउँदै भने, ‘हरेक मान्यज्यूको क्षेत्रमा बजेट जान सकेन होला तर राष्ट्रले गौरव गर्न लायकको स्टेडियम बन्दैछ। हरेक क्षेत्रमा २ लाख ४ लाख कनिका छरेको जस्तोले हुने केही पनि होइन। मुलपानीले क्रिकेटको जुन सम्भावनाहरु आइरहेको छ त्यसलाई सम्बोधन गर्छ।’
त्यस्तै खेलकुदका क्षेत्रमा काम गर्ने संस्थाहरु पञ्चायती व्यवस्थामा जसैगरी चलिरहेको टिप्पणी गरे। आफू मन्त्री भइसकेपछि खेलाडीका लागि भन्दा पनि विभिन्न संघ संगठनका विवाद मिलाउन अल्झिन परेको बताए। उनले २०४७ सालदेखिको विवाद मिलाउन परेको बताए।