रौतहटको ईशनाथ नगरपालिकाले ल्यायो ५१ करोडको बजेट
रौतहट— ईशनाथ नगरपालिकाको ९औं नगरसभाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ।
आर्थिक वर्ष २०८१/८२ को लागि ९औं नगर अधिवेशनको सभा अध्यक्ष मेयर कौशल्या देवी सिन्हालेकुल ५१ करोड ५४ लाख ९३ हजार ४९९ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।
शनिबार सम्पन्न नगरसभाले शिक्षा ,खेलकुद, स्वास्थ्य, कृषि, रोजगारी, लघुउद्यम, पशु सेवा, महिला, बालबालिका, अपांग, दलित, पिछडिएको क्षेत्र तथा संस्थागत विकासलाई लक्षित गरेर बजेट विनियोजन गरिएको ईशनाथका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार झाले बताए।
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ १२:०१