News Griha :: न्यूजगृह
गोठमा लुकाइएको ६ सय १५ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं— प्रहरीले ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका(६ घर भएका ४६ वर्षीय कुमार पाख्रिन रहेका छन्। 

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका—७ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय १५ किलो ९३ ग्रामसहित पाख्रिनलाई प्रहरीले गएराति पक्राउ गरेको हो। 

हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीस्थित गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले गोठको तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। 

उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:२९
Weather Update