एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामको तयारी, झलनाथले साथ दिने बुधबार, असार १२, २०८१

तलब र भत्तामा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थले दियो अख्तियारी बुधबार, असार १२, २०८१ अर्थमन्त्रालयले आर्थिक वर्ष सकिनै लाग्दा गृहमन्त्रालय लगायत विभिन्न निकायमा सामाजिक सुरक्षाभत्ता, पारिश्रमिक लगायतका शीर्षकमा रकम अपुग भएको भन्दै अख्तियारी पठाएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलार्ई अख्तियारी पठाएको हो।

विशेष समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने सहकारीको विवरण बुधबार, असार १२, २०८१ सहकारीको रकम ठगी प्रकरणबारे छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने सहकारीको विवरण माग गरेको छ। आज बसेको विशेष समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीको विवरण माग गरेको हो।

प्रहरी जवानको हत्यामा संलग्न ६ जना जेल चलान बुधबार, असार १२, २०८१ ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनामध्ये ६ जना जेल चलान भएका छन्। ती मध्ये एक जना १६ वर्ष भन्दा कम उमेरको भएका कारण उनलाई परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो। घिमिरेको हत्या आरोपमा गत जेठ ४ गते प्रहरीले २१ वर्षीय...

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा बुधबार, असार १२, २०८१ गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरेमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।

‘उज्यालो गण्डकी’ अभियान सञ्चालन बुधबार, असार १२, २०८१ गण्डकी प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरेको छ।

देश दौडाहपछि रास्वपा महामन्त्रीको निष्कर्षः पार्टी गम्भीर दुर्घटनाको मोडमा बुधबार, असार १२, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको पक्षमा बाहिर भनिएको जस्तो जनमत नभएको समीक्षा गरेका छन्। महामन्त्री ढकालले देशदौडाहपछि आम मतदाता र जनताको भावना बुझेपछि सो निष्कर्ष निकालेका हुन्। रास्वपाले महामन्त्री ढकाललाई पार्टीको अवस्थाबारे बुझ्न देश दौडाहमा पठाएको थियो। त्यहाँबाट फर्किएपछि पाएको प्रतिक्रियालाई उनले प्रतिवेदनका रुपमा तयार...

मनोरोगका थेरापिस्ट र काउन्सिलरलाई लाइसेन्सको व्यवस्था गर्ने सरकारको तयारी बुधबार, असार १२, २०८१ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले थेरापिस्ट र काउन्सिलरहरुको लागि मन्त्रालयले लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताएकी छन्।
-1716616505.jpg)
नेपालगञ्जमा महिला क्याम्पस स्थापना बुधबार, असार १२, २०८१ यहाँका महिलाहरु उच्च शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ। विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ।

जलबिरेमा पहिरो, मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बुधबार, असार १२, २०८१ पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ। गएरातिदेखि परेको अविलर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले पुष्टि गरे। उनका अनुसार अहिले पहिरो पन्छाउने काम...
-1719389889.jpg)
कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलनमा बुधबार, असार १२, २०८१ न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन्। बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन्।

आज देशका ३२ स्थानमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह बुधबार, असार १२, २०८१ बुधबार दिउँसो देशका विभिन्न ३२ स्थानहरुमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। आज बिहान ११ बजेदेखि ती स्थानहरुमा वर्षा भइरहेको र सतर्कता अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ।
स्वास्थ्यकर्मीले ९ महिनादेखि पाएनन् तलब बुधबार, असार १२, २०८१ कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन्। दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन्।


-1719399450.jpg)






