News Griha :: न्यूजगृह
प्रहरी जवानको हत्यामा संलग्न ६ जना जेल चलान 
फाइल तस्बिर

काठमाडौं— ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनामध्ये ६ जना जेल चलान भएका छन्। 

ती मध्ये एक जना १६ वर्ष भन्दा कम उमेरको भएका कारण उनलाई परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो। 

घिमिरेको हत्या आरोपमा गत जेठ ४ गते प्रहरीले २१ वर्षीय आइते भन्ने सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया विपना भनिने बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा तामाङ, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई प्रकाउ गरेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार १३ वर्षीय नाबालकलाई परिवारको जिम्मा लगाइएको र अर्की एक जनालाई सुधार गृहमा पठाइएको हो। 

गत जेठ ४ गते शुक्रबार तारकेश्वर नगरपालिका–९ स्थित मनमैजुुमा घिमिरेको हत्या भएको थियो। घिमिरेको शव रक्ताम्मे अवस्थामा मनमैजुमा एक निर्माणाधीन घरको भुइँमा शुक्रबार अपरान्ह फेला परेको थियो। 

उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने ती व्यक्तिहरुले घिमिरेको हत्या गरेको हो। 

घिमिरेको हत्यामा संलग्नहरुलाई काठमाडौं महानगरपालिका–१६ स्थित अष्टनारायण हल पछाडी र बालाजु २२ धारा पार्कमाथिको जंगलबाट पक्राउ गरिएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:५२
Weather Update