मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरमा ताला लगाउने गृहमन्त्रीको चेतावनी बुधबार, असार १२, २०८१
-1719386453.jpg)
चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक बुधबार, असार १२, २०८१ आगामी साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ।उक्त पोस्टरमा वर्षाको फोटो अन्य कलाकारहरूको भन्दा ठूलो राखिएको छ। यसको मतलब चलचित्रमा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ।

विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित बुधबार, असार १२, २०८१ अविरल वर्षापछि खोलामा आएको बाढी पार्किङ क्षेत्रमा पस्दा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ। बुधबार बिहान विमानस्थलको पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको हो।पानी सुकेपछि मात्रै उडानको काम सुरु हुने बताइएको छ।
-1719385050.jpg)
राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट बुधबार, असार १२, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

लमजुङमा पहिरोमा परि चार जनाको मृत्यु बुधबार, असार १२, २०८१ लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ । गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए।वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता ६९ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षीया इच्छा गुरुङ र ५...

अविरल वर्षाले विराटनगर जलमग्न बुधबार, असार १२, २०८१ अविरल परेको पानीले निकास नपाउँदा विराटनगर बुधबार जलमग्न भएको छ। गएरातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित भएका छन्। डुबानका कारण महानगरका अधिकांश विद्यालय बुधबार बन्द छन्।

अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको फैसला आज नआउने बुधबार, असार १२, २०८१ पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज पनि फैसला नसुनाउने भएको छ। आजका लागि फैसला सुनाउने भनिएको सो रिटको पेसी स्थगितको सूचीमा परेको छ।

चट्याङ कसरी पर्छ?, चट्याङबाट कसरी बच्ने? बुधबार, असार १२, २०८१ विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भन्ने गरिन्छ। तिनै बादल जुधेपछि ठूलो आवाज निस्किने गरेको हो।

पोखरामा सडक भासिँदा आवागमनमा समस्या बुधबार, असार १२, २०८१ पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग बुधबार बिहान भासिएको हो।

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु बुधबार, असार १२, २०८१ बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए। डगौरालाई बुधबार बिहान साढे ७ बजे खेतमा आली लगाइरहँदा चट्याङ लागेको थियो। आफन्तले स्थानीय महापार्वती क्लिनिकमा पुर्याउँदा उनको मृत्यु भएको बोहराले बताए।

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच? बुधबार, असार १२, २०८१ नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहेपछि सोनाक्षीको भावुक नोट बुधबार, असार १२, २०८१ यसैबीच सोनाक्षीले एक भावुक नोट सेयर गर्दै सबै प्रति आभार व्यक्त गरेकी छिन्। आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेको सोनाक्षीले बताएकी छन्।

लमजुङको दोर्दीमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु, एक घाइते बुधबार, असार १२, २०८१ लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ।अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।


-(1)-1718186968.jpg)






