News Griha :: न्यूजगृह
बिहेपछि सोनाक्षीको भावुक नोट

काठमाडौं— बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा विवाह गरेकी छन्। सोनाक्षी सिन्हाको बिहेबारे भारतमा अनेकौं विवाद भएका छन्। हिन्दु- मुस्लिम बिहेभन्दै कयौं ठाउँमा सोनाक्षीको विरोध गरिएको छ। 

यसैबीच सोनाक्षीले एक भावुक नोट सेयर गर्दै सबै प्रति आभार व्यक्त गरेकी छिन्। आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेको सोनाक्षीले बताएकी छन्।

सोनाक्षीले विवाहपछि पहिलो पटक सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेकी छन्, ‘कस्तो दिन थियो। हाम्रो परिवार, साथीहरू, टोलीको माया, हाँसो, साथी, उत्साह र न्यानोपन। मायामा परेका दुई व्यक्तिले सधैँ चाहेको, आशा गरेको र प्रार्थना गरेको कुरा पूरा गर्न सारा ब्रह्माण्ड एकै ठाउँमा आएको जस्तो लाग्थ्यो। हामी एकअर्कालाई भेट्न पाउँदा र यति धेरै मायाको संरक्षणमा रहन पाउँदा धेरै धन्य महसुस गर्छौं।'

सोनाक्षीको बिहेलाई लिएर उनको परिवार खुशी नभएको विषय पनि धेरै पहिला देखि मिडियामा चर्चाको विषय बनेको थियो।

यद्यपि सो चर्चा विपरित उनका पिता शत्रुघन सिन्हा र आमाले सोनाक्षीको बिहेमा सहभागी भएर दुवैलाई आशीर्वाद दिएको देखिएको छ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:५२
Weather Update