News Griha :: न्यूजगृह
बाढीले एकै परिवारका चारजना बगायोः एकको मृत्यु, दुई बेपत्ता
बाढीले एकै परिवारका चारजना बगायोः एकको मृत्यु, दुई बेपत्ता मंगलबार माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए।
६० केजी सुन तस्करी प्रकरण: दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा, २० जना पक्राउ
६० केजी सुन तस्करी प्रकरण: दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा, २० जना पक्राउ उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। यसअघि सीआईबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। 
रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ
रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको बताएका छन्। 
केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज
केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले खारेज गरेको छ। दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ। जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो।
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न 
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न  नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ।बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे सेनाका शीर्ष कमान्डरलाई बर्खास्त 
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे सेनाका शीर्ष कमान्डरलाई बर्खास्त  युक्रेनी सेनातर्फ भएको क्षतिका आधारमा सार्वजनिक रूपमा तीव्र आलोचना भएपछि राष्ट्रपति जेलेन्स्कीले लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेका हुन्। सोडोल यसै वर्षको सुरुवातमा युक्रेनी सैन्य बलको संयुक्त कमान्डर नियुक्त भएका थिए।
नेपालमा लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण
नेपालमा लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण सांसदहरुले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा विचार प्रस्तुत गर्दै उनीहरुले यस विषयमा जोड दिएका हुन्।  
बाजुरामा नुन अभाव भएको हल्ला फैलिएपछि...
बाजुरामा नुन अभाव भएको हल्ला फैलिएपछि... साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ।नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो।
जुम्लाका सबै स्थानीय तहले ल्याए बजेट, कसको कति?
जुम्लाका सबै स्थानीय तहले ल्याए बजेट, कसको कति? जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८१–८२ का लागि बजेट ल्याएका छन्। ती सबै स्थानीय तहले रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारलगायतका कार्यक्रम बजेटमा समेटेका छन्।
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध बोरामा माटो भरिएको छ। बाँस जोडेर जालीझै बनाइएको संरचना नदीमा गाडिएको छ। केही जाली महाकाली नदी नजिकै तयारी अवस्थामा छन्। कोही तार कस्दैछन् त कोही माटो राखिएका बोरा जालीमा भरान गर्दैछन्।
आजदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण
आजदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ। मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो। 
परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन्। 
Weather Update