News Griha :: न्यूजगृह
आज के भयो शेयर बजार?
आज के भयो शेयर बजार? शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो।
देउवाको सुझाव– झगडा गरेर हुँदैन, मिलेर अघि बढे मात्र देश बन्छ
देउवाको सुझाव– झगडा गरेर हुँदैन, मिलेर अघि बढे मात्र देश बन्छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरी मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन्। मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताए। 
अझै ३१ गाउँपालिकाले ल्याउन सकेनन् बजेट 
अझै ३१ गाउँपालिकाले ल्याउन सकेनन् बजेट  हालसम्म ३१ वटा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याउन असमर्थ भएका छन्। असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा व्यवस्था रहेको छ। तर असार १० गते अर्थात् सोमबारसम्म ४६० मध्ये ४ सय २९ वटा गाउँपालिकाले मात्रै बजेट ल्याउन सकेको गाउँपालिका महासंघले जनाएको छ। 
ऋण लिँदा कमिसन मागेको प्रमाण ल्याउनुस् कारबाही गर्छौँः गभर्नर अधिकारी 
ऋण लिँदा कमिसन मागेको प्रमाण ल्याउनुस् कारबाही गर्छौँः गभर्नर अधिकारी  नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सिमाभन्दा बाहिर गएर काम गर्न नसक्ने बताएका छन्।आज पूर्व मौद्रिक नीतिको छलफलमा बोल्दै गर्भनर अधिकारीले मौद्रिक नीतिको आफ्नै सिमा रहेको बताउँदै उल्लेखित सिमाभित्र रहेर काम गर्नुपर्ने बताए। 
संसद्बाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित 
संसद्बाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित  प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो।
जागिर छोडेर किताब रोजेपछि...
जागिर छोडेर किताब रोजेपछि... किताबै किताबको चाङ्गबाट उनी बाहिर निस्किए। कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क थिए उनी। हातमा थान पुस्तक समाउँदै भने, ‘यो चाहीँ जापानी विदेश मन्त्रीलाई उपहार दिन छानेको छु।’ वैशाख महिनाको कुरा हो।जमलस्थित मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनको पुस्तक पसलमा जापानकी विदेशमन्त्री योको कामीकावाकोले नेपाली लेखकका पुस्तक खरिद गरेकी...
अर्काको घरमा पसेर २ करोड लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ 
अर्काको घरमा पसेर २ करोड लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ  प्रहरीले भक्तपुरको सूर्यविनायकस्थित ददिकोटमा एक व्यक्तिको घरबाट २ करोड नगद चोरी गर्ने ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।  पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसेका सुजन रसाइली, भोटेकोशीका भीमबहादुर तामाङ्ग, भोटेकोशीकै कृष्णबहादुर बोहरा र ओखलढुंगाका मुनाराज राई रहेका छन्। 
छोरीको जन्मदर्ता गर्दा प्रोत्साहनस्वरुप नगद उपहार
छोरीको जन्मदर्ता गर्दा प्रोत्साहनस्वरुप नगद उपहार यहाँको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा दुई हजार पाँच सयको मुद्दति खाता उपहार दिने भएको छ। 
कोशी सरकार गठनविरुद्धको रिटमा बहस सकियो, आजै फैसला आउनसक्ने 
कोशी सरकार गठनविरुद्धको रिटमा बहस सकियो, आजै फैसला आउनसक्ने  कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सम्पूर्र्ण बहस सकिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी डा. नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सम्पूर्ण बहस सकिएको हो। यसअघि आइतबार र सोमबार पनि उक्त रिटमा सुनुवाइ भएकोमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। 
कहिले हुन्छ एसईईको नतिजा सार्वजनिक? 
कहिले हुन्छ एसईईको नतिजा सार्वजनिक?  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको...
चुच्चे नक्सा र भारतसँगको विभिन्न सन्धिबारे के भन्छन् प्रधानमन्त्री? 
चुच्चे नक्सा र भारतसँगको विभिन्न सन्धिबारे के भन्छन् प्रधानमन्त्री?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन्। दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग  नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयन गर्ने बारेमा गम्भीर भएर सो विषय उठाएको बताए। 
२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार पुरस्कार
२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार पुरस्कार यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ। नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ। बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ। 
Weather Update