News Griha :: न्यूजगृह
ऋण लिँदा कमिसन मागेको प्रमाण ल्याउनुस् कारबाही गर्छौँः गभर्नर अधिकारी 
फाइल तस्बिर

काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सिमाभन्दा बाहिर गएर काम गर्न नसक्ने बताएका छन्।

आज पूर्व मौद्रिक नीतिको छलफलमा बोल्दै गर्भनर अधिकारीले मौद्रिक नीतिको आफ्नै सिमा रहेको बताउँदै उल्लेखित सिमाभित्र रहेर काम गर्नुपर्ने बताए। 

उनले भने, ‘मौद्रिक नीतिको आफ्नै सिमा छन्, यसले धेरै हात फैलाउन र हाँगा फैलाउन सक्दैन्। त्यो सिमाभित्र बसेर हामीले काम गर्ने हो। यो कुरालाई सबैले बुझ्नु पर्छ। हामी नीति निर्माण गर्नेहरुको भूमिका सकेसम्म कसैलाई ऋणमा डुबाउने होइन्, उसले धान्न सक्नेसम्म ऋण दिने र त्यो खालको बाटो वातावरण बनाउने हो।’ 

बैंकमा ऋण लिँदा कमिसन लिएको आरोप केन्द्रीय बैंकका लागि गम्भीर आक्षेप भएको भन्दै प्रमाणबिना बोल्न पाए भन्दैमा जे पनि बोल्न नपाइने अधिकारीको भनाइ छ। 

उनले भने, ‘यहाँ विरोधका लागि विरोध होइन, व्यवहारिक रुपमा समस्या पर्यो भने त्यो लिएर आउनुस्, राष्ट्र बैंक खुला छ। बैंकमा ऋण लिँदा कमिसन लिइन्छ भन्ने कुरा हाम्रो लागि पटक्कै स्वीकार्य छैन। हाम्रो कानमा पर्दा पनि यहाँभन्दा ठूलो बैंकिङ अपराध केही पनि हुँदैन। त्यो कुन बैंकले गरेको हो त्यसको नाम लिनलाई म अनुरोध गर्छु। बिना प्रमाण र आधारका कुरा यस्ता फोरममा गरेर केही अर्थ हुँदैन। हामीले सयौं जनालाई कारबाही गरेका छौँ। यो हाम्रो लागि केन्द्रीय बैंकका लागि योभन्दा गम्भीर कुरा र आक्षेप बैंकको लागि केही पनि हुँदैन। त्यसको प्रमाण चाहिन्छ फोरममा बोल्न पाए भन्दैमा जे पनि बोल्न पाइन्न।’

यस्तै, उनले ग्राहक संरक्षणसँग सम्बन्धी एउटा छुट्टै डिभिजन बनाएको भन्दै आगामी वर्षबाट ग्राहकको संरक्षणसँग सम्बन्धी सुपरिवेक्षण पनि गर्ने बताए। 

मौद्रिक नीतिका लागि गृहकार्य थालिएको उल्लेख गर्द अधिकारीले साउनभित्रै ल्याउने दाबी गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:२०
Weather Update