News Griha :: न्यूजगृह
अझै ३१ गाउँपालिकाले ल्याउन सकेनन् बजेट 

काठमाडौं— हालसम्म ३१ वटा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याउन असमर्थ भएका छन्। 

असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा व्यवस्था रहेको छ। तर असार १० गते अर्थात् सोमबारसम्म ४६० मध्ये ४ सय २९ वटा गाउँपालिकाले मात्रै बजेट ल्याउन सकेको गाउँपालिका महासंघले जनाएको छ। 

महासंघका अनुसार विगतको तुलनामा तोकिएको समयमा बजेट ल्याउने पालिकाको संख्या भने यो वर्ष बढेको छ। 

कुन प्रदेशका कति गाउँपालिकाले ल्याउन सकेनन् बजेट?  

महासंघका अनुसार कोशी प्रदेशका ८८ मध्ये तीन वटा, मधेस प्रदेशका ५९ मध्ये १० वटा, बागमती प्रदेशका ६९ मध्ये ५ वटा गाउँपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेका छैनन्।

लुम्बिनी प्रदेशका ७३ मध्ये ८ र कर्णाली प्रदेशका ५४ मध्ये ५ वटा गाउँपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेका छैनन्। 

तर गण्डकी र सुदूरपश्चिम प्रदेशभित्रका सबै गाउँपालिकाहरूले तोकिएको समयभित्र बजेट प्रस्तुत गरेको महासंघको विवरणमा उल्लेख गरिएको छ।

गाउँपालिकाहरूमा अध्यक्ष अस्वस्थ्य भई कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण बजेट समयमा ल्याउन नसकिएको महासंघले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:३५
Weather Update