बुद्धको मुर्ती र अन्य सामग्रीसहित ३ जना पक्राउ बुधबार, असार १२, २०८१

अत्यधिक वर्षापछि नदीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, असार १२, २०८१ बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाब बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ।

स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु बुधबार, असार १२, २०८१ स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ११ बजेको समयमा पुतलीबजार नगरपालिका–११ पुतलीखेतका ३५ वर्षीय सूर्य भण्डारीलाई खोलाले बगाएको हो।

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन बुधबार, असार १२, २०८१ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्।नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न समिति गठन गरिएको हो। मन्त्री यादवले मन्त्रालयले औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए–नभएको सुनिश्चित गर्न समिति गठन...

स्वयम्भू र चन्द्रागिरीबाट १४ जुवाडे पक्राउ बुधबार, असार १२, २०८१ काठमाडौंका विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालार्ई पक्राउ गरेको छ। प्रहरीले चन्द्रागिरी नगरपालिका–५ किसिपिडी डेरा गरी बस्ने बिनोद तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने बुधबार, असार १२, २०८१ नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा यही असार १८ गते ‘क्रान्ति देखी शान्तिसम्म’ विषयक फोटो प्रर्दशनी गर्ने भएको छ।

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा बुधबार, असार १२, २०८१ मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए।

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित बुधबार, असार १२, २०८१ लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१–८२ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।

लगानी सहजीकरणसम्बन्धी विधेयकबारे कांग्रेसले गर्यो छलफल बुधबार, असार १२, २०८१ नेपाली कांग्रेसले लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरुसँग छलफल गरेको छ। बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले लगानी सहजीकरण विधेयकको कानुनी जटिलता र सहजीकरणका विषयमा सरोकारहरुसँग छलफल गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

पाकिस्तानमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु बुधबार, असार १२, २०८१ पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु भएको छ।

ऋण उठाउन सक्दैनन् प्रदेशः संघ सरकारको स्वीकृतिबिना स्रोत देखाउँदै बुधबार, असार १२, २०८१ पछिल्ला केही वर्षयता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि यसको आलोचना हुनुका साथै यसलाई मुलुकको आर्थिक सङ्कटको सम्भावित कारकका रुपमासमेत हेर्न थालिएको छ।

बारामा ८७ हजार मेट्रिक टन मकै उत्पादन बुधबार, असार १२, २०८१ बारा जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन्।

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने बुधबार, असार १२, २०८१ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा गरी आजै नतिजा सार्र्वजनिक गर्ने तयारी गरेको थियो। आज नतिजा सार्वजनिक गर्न बोर्डको पदाधिकारी बैठक बसेकोमा केही प्राविधिक तयारी नपुगेको भन्दै भोलि बिहान परीक्षाफल सार्वजनिक गर्न लागिएको हो।


-1714474494.jpg)






