रिङरोड विस्तारको कार्यलाई छिटो सम्पन्न गराउन कांग्रेस नेता पौडेलले दबाब यात्रा गर्ने बिहीबार, असार १३, २०८१

गोलभेँडाको मूल्य बढ्यो, आँपको भाउ कति छ? बिहीबार, असार १३, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ। केही तरकारी भने हिजोअस्ति कै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज गोलभेँडाको मूल्य बढेको छ।

दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा बिहीबार, असार १३, २०८१ बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा रिलिज भएको छ। प्रभास स्टारर यस फिल्मलाई क्यूएफएक्स लगायत मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।

कावासोतीमा चट्याङ लागेर ४६ वर्षीया महिलाको मृत्यु बिहीबार, असार १३, २०८१ उनलाई मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार गरेर थप उपचारका लागि चितवन भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

एसईई नतिजा: १८६ विद्यार्थीले ल्याए चार जीपीए, आधा बढी परीक्षार्थी फेल बिहीबार, असार १३, २०८१ राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ।परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण भएका छन्।

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न मिल्छ बिहीबार, असार १३, २०८१ राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।१८६ जनाले ४ जीपीए ल्याएका छन् ।

मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउँछु: करण जोहर बिहीबार, असार १३, २०८१ बलिउड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ। तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन्। यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९औं सिजन ल्याइरहेका छैनन्।

दक्षिण अफ्रिका पहिलो पटक टी२० विश्वकप फाइनलमा बिहीबार, असार १३, २०८१ आईसीसी टी२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुगेको छ। अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका जारी टी२० विश्वकपमा फाइनल यात्रा तय गरेको हो।

दुवै सदनको बैठक बस्दै बिहीबार, असार १३, २०८१ संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो? बिहीबार, असार १३, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारक लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।

विश्वकप फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाले पायो ५७ रनको लक्ष्य बिहीबार, असार १३, २०८१ न्युजिल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशलाई हराउँदै इतिहास रचेको अफगानिस्तानले टी२० विश्वकपको सेमिफाइनलमा भने दक्षिण अफ्रिकाविरुद्ध कमजोर ब्याटिङ गरेको छ।

युरोकपको नकआउट समीकरण पूरा बिहीबार, असार १३, २०८१ सहभागी २४ टोलीमध्ये ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन्। हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्लिक समूह चरणबाटै बाहिरिए।

एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहीबार, असार १३, २०८१ बिहीबार दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।









