News Griha :: न्यूजगृह
साताको अन्तिम दिन के भयो शेयर बजार? 
साताको अन्तिम दिन के भयो शेयर बजार?  पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ। गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो। यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा...
मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा
मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ। असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो। 
संघीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर
संघीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर प्रतिनिधिसभाको आजको बैठकले संघीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ। संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम हेरफेर गर्न सभामुख देवराज...
अब सिमकार्ड लिन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य 
अब सिमकार्ड लिन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य  सरकारले सिम कार्र्ड लिनदेखि अन्य सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य ग रेको छ। गृह मन्त्रालयले सो ब्यहोरासहितको सूचना राजपत्रमा प्रकाशित गर्दै मोबाइलको सिमकार्ड लिन समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने नियम बनाएको हो। उक्त नियम आगामी माघ १ गतेदेखिबाट लागु हुनेछ।
जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण 
जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण  जापानका वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोवोटको विकास गरेका छन्। सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, ‘उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोवोट’ बनाउन ‘छाला बनाउने कोषले भरिएको जेल’ प्रयोग गरेका थिए।
डेंगु नियन्त्रण अभियानमा काठमाडौं महानगर, ६२२ जनाको टोली परिचालन 
डेंगु नियन्त्रण अभियानमा काठमाडौं महानगर, ६२२ जनाको टोली परिचालन  काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि सचेतना बढाउने अभियान थालेको छ। महानगरको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको हो। असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन्। 
मकै गोडिरहेकी महिलालाई करेन्ट लागेर मृत्यु, तीन जना घाइते 
मकै गोडिरहेकी महिलालाई करेन्ट लागेर मृत्यु, तीन जना घाइते  रुकुम पश्चिममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 
आमाको नामबाट नागरिकता सहज रुपमा दिलाउन माग
आमाको नामबाट नागरिकता सहज रुपमा दिलाउन माग राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन्। आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अंश र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन्। 
राजदूत फिर्ताबारे कांग्रेस रुष्ट– आफैँले फिट गरेको ‘डाइनामाइट’ फड्किएर चट्टान फुट्ला
राजदूत फिर्ताबारे कांग्रेस रुष्ट– आफैँले फिट गरेको ‘डाइनामाइट’ फड्किएर चट्टान फुट्ला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद (एनपी) ले विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेका छन्।बिहीबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले  कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको...
राज्यको नीतिले सास्तीमा जेष्ठ नागरिक
राज्यको नीतिले सास्तीमा जेष्ठ नागरिक उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ। आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिइएसँगै  जिल्ला प्रशासन कार्यालय दार्चुलामा परिचयपत्र बनाउनेको भीड लागेको हो।
कोदालो प्रहार गरी भाउजूको हत्या, देवर पक्राउ
कोदालो प्रहार गरी भाउजूको हत्या, देवर पक्राउ महोत्तरीको औरही नगरपालिकामा आफ्नै भाउजूको हत्या गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । 
फणीन्द्र देवकोटालाई गण्डकी प्रदेश सभामा निषेध
फणीन्द्र देवकोटालाई गण्डकी प्रदेश सभामा निषेध गण्डकी प्रदेशका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई प्रदेश सभा हलमा प्रवेश गर्न निषेध गरिएको छ। अहिले प्रदेश सभा बैठक चलिरहेको छ, तर उनी भने आफू बाहिरै रहेको न्यूजगृहलाई जानकारी दिए। नियमित रुपमा बैठकमा सहभागि हुन त्यसतर्फ जाने क्रममा उनलाई प्रदेश सभाका मर्यादा पालकले रोकेका हुन्। 
Weather Update