अब सिमकार्ड लिन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं— सरकारले सिम कार्र्ड लिनदेखि अन्य सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य ग रेको छ।
गृह मन्त्रालयले सो ब्यहोरासहितको सूचना राजपत्रमा प्रकाशित गर्दै मोबाइलको सिमकार्ड लिन समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने नियम बनाएको हो।
उक्त नियम आगामी माघ १ गतेदेखिबाट लागु हुनेछ।
त्यसैगरी राजस्वसम्बन्धी अर्थात् व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी, कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी, बैंकिङ तथा वित्तीय सेवा सेवा सम्बन्धी, सामाजिक सुरक्षा कोष सम्बन्धी र घरजग्गा किनबेचसम्बन्धी काम गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।
साथै राजस्व सम्बन्धी सेवा, ड्राइभिङ लाइसेन्स र कम्पनी दर्ताका लागि १ साउन २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाइएको छ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १५:२३