कोदालो प्रहार गरी भाउजूको हत्या, देवर पक्राउ

महोत्तरी— महोत्तरीको औरही नगरपालिकामा आफ्नै भाउजूको हत्या गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।
प्रहरीले आफ्नै भाउजू ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ।
घरायशी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १३:४१












