News Griha :: न्यूजगृह
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउँछु: करण जोहर 

काठमाडौं—  बलिउड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ। तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन्। यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९औं सिजन ल्याइरहेका छैनन्।

८औं सिजनको र्‍यापिड फायर राउन्डलाई शोको इतिहासमा सबैभन्दा बोरिङ र्‍यापिड फायरको रूपमा वर्णन गर्दै, करणले शो देखाउने नयाँ तरिका ल्याउने बताएका छन्, जसको लागि उनले एक वर्षको ब्रेक लिइरहेका छन्। विवादबाट बच्नका लागि सेलिब्रेटीहरूले पहिले जस्तो स्वतन्त्र रूपमा जवाफ दिइरहेका छैनन् भन्ने करण विश्वास गर्छन्। 

हालै युट्युबर सुचित्रा त्यागीसँगको एक अन्तर्वार्तामा करण जोहरले कफी विथ करणको नयाँ सिजनको बारेमा कुरा गरेका छन्। अर्को सिजन कहिले आउँछ भन्ने प्रश्नमा उनले यो वर्ष शो नआउने बताए। उनले एक वर्षको विश्राम लिएर सन् २०२५ मा नयाँ ढंगले आउने बताएका छन्।

कफी विथ करणको ८ औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए। कफी विथ करणको ८औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए।

गत सिजनको बोरिङ र्‍यापिड फायरबारे उनले भने, ‘मलाई बिस्तारै मानिसले आफूलाई बन्दी बनाएको महसुस हुन थालेको छ। उनीहरु डराएको, मानिसहरूले कस्तो प्रतिक्रिया दिन्छन् भनेर बोल्न हिचकिचाउन लागेको महसुस भएको छ। त्यसैले मलाई लाग्छ ती सेलिब्रेटीहरूसँग यो गर्नु हुँदैन। अब म शोलाई गपशप र कुराकानीले भरिपूर्ण बनाउन चाहन्छु।'

करणले थप भने, ‘म शोलाई वास्तविक बनाउन चाहन्छु, अहिले मानिसहरू निकै खुलेर देखिएका छन् । मैले कार्यक्रममा क्रमबद्ध प्रश्नहरू राख्न पनि बन्द गरेको छु, किनकि मलाई लाग्छ कि यी अब उपयुक्त छैनन्। यो केही समयको लागि मात्र ठीक थियो। मानिसहरू रिसाउँछन्।'

करणले रियालिटी शोमा उनको खिल्ली उडाएको भन्दै प्रतिक्रिया दिएका छन्। राम्रो हास्यव्यंग्यका साथ शो बनाउनुपर्ने उनको भनाइ छ।  

उनले आँउदो शो सकेसम्म संवादात्मक बनाउने तथा सनसनीपूर्ण र विवादास्पद र्‍यापिड फायर नगर्ने बताएका छन्। 

करण जोहरले कुराकानीमा भनेका छन्, ‘आजकाल सेलिब्रेटीहरू आफ्नो पीआर, पब्लिसिटी, म्यानेजर र सम्पूर्ण टिमसँग आउँछन्। तिनीहरूले मनिटर हेर्छन् र उनीहरूले शोबाट केही न केही डिलिट गर्न माग गरिरहन्छन्।'

करणको यो शो सेलिब्रेटीका अभिव्यक्तिका कारण सधैँ विवादमा रहिरहन्छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:०७
Weather Update