अफगानिस्तानको कमजोर ब्याटिङ
विश्वकप फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाले पायो ५७ रनको लक्ष्य

काठमाडौं— न्युजिल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशलाई हराउँदै इतिहास रचेको अफगानिस्तानले टी२० विश्वकपको सेमिफाइनलमा भने दक्षिण अफ्रिकाविरुद्ध कमजोर ब्याटिङ गरेको छ।
बिहीबार ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमै अलआउट हुँदै मात्र ५६ रन जोड्न सक्यो।
अफगानिस्तानका लागि अजमुतुल्लाह ओमरजाईको १० रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
दक्षिण अफ्रिकाका लागि मार्को ज्यान्सन र तबरेज शाम्सीले ३/३ विकेट लिए। त्यस्तै कागिसो रबडा र एनरिच नोर्ट्जेले २/२ विकेट लिए। अर्को सेमिफाइनल बिहीबार बेलुका भारत र इङ्ल्यान्डबीच हुँदैछ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ ०७:२९