दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा
काठमाडौं— बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा रिलिज भएको छ। प्रभास स्टारर यस फिल्मलाई क्यूएफएक्स लगायत मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।
प्रभास स्टारर यस फिल्मलाई आरआर फिल्म्सले नेपाल भित्र्याएको हो।
यस फिल्ममा प्रभाससहित दीपिका पादुकोण, अमिताभ बच्चन मुख्य भूमिकामा छन्। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।
यो फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दीलगायत धेरै भाषामा रिलिज भएको हो। सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १०:०४