News Griha :: न्यूजगृह
बुद्धको मुर्ती र अन्य सामग्रीसहित ३ जना पक्राउ

बाँके— बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ढकेरी शम्सेरगंजस्थित सडकबाट प्राचीन स्मारकसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका–११ बस्ने ५० वर्षीय खिमबहादुर कुँवर, ५० वर्षीय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने ५८ वर्षीय निम बहादुर कुँवर रहेका छन्।

उनीहरुलाईविभिन्न धार्मिक सामग्रीहरु चोरेको आरोपमा पक्राउ गरिएको हो। 

उनीहरुको साथबाट ओम नमः शिवायः लेखिएको तुलमा बेरी झोलामा लुकाई राखिएको गोलाई १ फिट ६ ईन्च, उचाई ९ ईन्च, तौल ८ किलो ६८० ग्राम भएको पहेँलो धातुमा कालो पालिस लगाएको धातुको जस्तो बुद्धको मूर्ति १ थान, ८ ईन्च लम्बाई भएको कटर १ थान, ८ ईन्च लम्बाई भएको पिलास १ थान, ८ ईन्च लम्बाई भएको फलामको रेति १ थान र भारतीय सिमकार्ड १ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

उनीहरूमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १९:०७
Weather Update