News Griha :: न्यूजगृह
पाकिस्तानमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

काठमाडौं— पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु भएको छ। 

अत्यधिक गर्मीका कारण मानिसहरु प्रभावित भएको र  हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन्। यद्यपि, मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार मुख्यतया शहरमा समुद्री हावाको अवरोधका कारण विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको बताएको छ।

मौसम विभागले बुधबार साँझ कराँचीमा समुद्री हावा फेरि सुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १७:३१
Weather Update