News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामको तयारी, झलनाथले साथ दिने 

काठमाडौं— एकीकृत समाजवादीको भावी नेतृत्वका लागि महासचिव घनश्याम भुसालले तयारी गरिरहेका छन्।

आगामी महाधिवेशनका लागि अध्यक्षको तयारीमा रहेका भुसालले बुधबार दिउँसो पूर्व प्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेटे।

खनाल निवास डल्लुमा भएको भेटमा अध्यक्षका लागि दुई नेताबीच सहमति भएको हो। भुसाल निकट स्रोतका अनुसार खनालले भुसाललाई सघाउन तयार भएका हुन्। 

आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसाल अध्यक्षमा प्रतिष्पर्र्धा गर्ने तयारीमा रहेका थिए। तर खनाल अध्यक्षको रेसबाट ब्याक भएपछि नेपाल–भुसालबीच प्रतिष्पर्धा हुने देखिएको छ। 

आजको भेटमा खनाल–भुसालले हात मिलाएको तस्बिर सार्वजनिक गर्दै एकताको सन्देश दिएका छन्। सार्वजनिक तस्बिरले उनीहरुबीचको एकता कायम हुने सन्देश दिएको विश्लेषण हुन थालेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:४२
Weather Update