News Griha :: न्यूजगृह
तलब र भत्तामा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थले दियो अख्तियारी

काठमाडौं— अर्थमन्त्रालयले आर्थिक वर्ष सकिनै लाग्दा गृहमन्त्रालय लगायत विभिन्न निकायमा सामाजिक सुरक्षाभत्ता, पारिश्रमिक लगायतका शीर्षकमा रकम अपुग भएको भन्दै अख्तियारी पठाएको छ। 

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलार्ई अख्तियारी पठाएको हो। 

असार १० गते सोमबार बसेको मन्त्रिस्तरको निर्णय भन्दै महाशाखाले गृह मन्त्रालय लगायत विभिन्न नियायबाट सामाजिक सुरक्षाभत्ता, पारिश्रमिक लगायतमा थप बजेट निकासाको माग भएको भन्दै सोही बमोजिम गर्न महालेखालाई अख्तियारी दिएको हो। 

महाशाखाले सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक कर्मचारी र पारिश्रमिक पदाधिकारीमा खर्च शीर्षकमा विनियोजन भएको रकम मध्ये कुनै क्रियाकलापमा रकम नपुग हुने र त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा क्रियाकलापहरु बीचमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्न भनेको छ। 

त्यस्तै अर्थले पारिश्रमिक कर्मचारी शीर्षकमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोड गरी ४ अर्ब ५ करोड खर्च गर्ने अख्तियारी पठाएको जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:२९
Weather Update