एसको महाधिवेशनः विद्युतीय भोटिङ हुने, झलनाथको नेतृत्वमा अध्यक्षमण्डल गठन सोमबार, असार १७, २०८१

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी सोमबार, असार १७, २०८१ बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ। मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन्।

प्रयोगमा नआइ खण्डहर बन्दै दलितका लागि निर्माण गरिएका आवास सोमबार, असार १७, २०८१ गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा निर्माण गरेको ‘दलित नमूना बस्ती’ (दलितका लागि आवास भवन) अहिलेसम्म प्रयोगमा आएको छैन।

प्रतिनिधिसभा बैठक पुनः सुरु सोमबार, असार १७, २०८१ सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।

घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व सोमबार, असार १७, २०८१ राष्ट्र बैंकका अनुसार रियल स्टेट र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ। कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासीय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ। चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा...

सुनको मूल्यमा सामान्य वृद्धि सोमबार, असार १७, २०८१ सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आज सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ।

युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै सोमबार, असार १७, २०८१ समूह चरणमा पोर्चुगल समुह एफ को समूह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै...

कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या सोमबार, असार १७, २०८१ वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभुत विद्यालयको चौर र कक्षा कोठामा नै पानी जमेपछि हो।

राष्ट्रिय सभाको बैठक आज बस्ने सोमबार, असार १७, २०८१ राष्ट्रिय सभा बैठक पनि सोमबार बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र सोमबार, असार १७, २०८१ कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा सोमबार बिहानबाट बन्द सत्र सुरु भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश हुनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता सोमबार, असार १७, २०८१ धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान भेटवार्ता भएको छ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार गएका हुन्। प्रचण्ड र ओलीबीच लगातार दोस्रो दिन भएको भेटवार्ता हो।यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो।

भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वार्टरफाइनलमा सोमबार, असार १७, २०८१ सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो। भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तीनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ।

धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते सोमबार, असार १७, २०८१ धनुषामा जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।









