News Griha :: न्यूजगृह
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वार्टरफाइनलमा

काठमाडौं— भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेका छन्।

सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो। भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तीनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ।

त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिकोसँग गोल रहित बराबरी खेलेपछि दुवैको ४–४ अंक भएको छ। गोल अन्तरका आधारमा इक्वेडर क्वार्टरफाइनलमा पुगेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन्।

अब क्वार्टरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ। यो खेल जुलाई ४ मा हुने छ। त्यस्तै भेनेजुएलाले भने क्वार्टरफाइनलमा क्यानडाको सामना गर्ने छ। यो खेल जुलाई ५ मा हुने छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:३३
Weather Update